News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का पिपलाडी र जोनापुरका ६ युवा सम्पर्कविहीन भएका छन्।
११ भदौ, काठमाडौं । रसुवा बाढीका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का ६ युवा सम्पर्कविहीन भएका छन् । बाढीपछि वडा नम्बर ३ मा पर्ने पिपलाडी र जोनापुर गाउँका ६ जना युवा सम्पर्कविहीन भएका हुन् ।
वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पिपलाडीका चार र जोनापुरका दुई युवा सम्पर्कमा नरहेको पुष्टि गरे । उनका अनुसार सम्पर्कमा नरहेका युवा सबै रसुवाको एउटा जलविद्युत आयोजनाका कामदरहरू हुन् ।
वडाध्यक्ष चौधरीले पिपलाडीका सुनिल चौधरी, नरेश चौधरी, नरेन्द्र चौधरी र हरिलाल चौधरी तथा जोनापुरका अभिषेक चौधरी र दिपेन्द्र चौधरीको अवस्था अज्ञात रहेको बताए । उनीहरू सबै २५ देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।
उनीहरूसँगै रहेका अर्का युवा चामबहादुर डगौरा भने बुधबार बिहान ११ बजे सम्पर्कमा आएका थिए । ‘बाढी आएपछि ११ बजे चामबहादुरसँग सम्पर्क भएको थियो । उहाँ बाहिर काम गरिरहनुभएको रहेछ,’ वडाध्यक्षले भने, ‘अरू युवा सुरूङभित्र काम गरिरहेका बेला बाढी आएको रहेछ ।’
वडाध्यक्ष चौधरीका अनुसार सम्पर्कविहीन भएका सबै युवा २२ असारमा गाउँबाट कामका लागि रसुवा आएका थिए । ‘रापाइँ सकेर उहाँहरू सबै असार २२ मा रसुवा जानुभएको हो,’ उनले भने, ‘पहिले पनि उतै काम गर्दै आउनुभएको थियो ।’
प्रतिक्रिया 4