+
+
Shares

उद्धार र सर्भेक्षणका लागि ड्रोन पाइलटलाई एक ठाउँमा आउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १२:१५
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा भोटेकोशी नदीको विनाशकारी बाढीपछि खोज तथा उद्धारलाई तीव्र पार्न ड्रोन पाइलटलाई ड्रोन र्‍यापिड रेस्पोन्स टिममा जोडिन आह्वान गरिएको छ।

११ भदौ, काठमाडौं । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पार्न ड्रोन पाइलटहरूलाई एक ठाउँमा आउन आह्वान गरिएको छ । रोबोटिक्स एसोसियसन अफ नेपाल (र्‍यान) ले ड्रोन र्‍यापिड रेस्पोन्स टिम (डीआरआरटी) बनाउन आह्वान गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको टोलीसँग प्रत्यक्ष समन्वय गरी उद्धार तथा राहत कार्यमा डीआरआरटीले सहयोग गर्ने बताइएको छ । क्षति पुगेका तथा पैदल वा गाडीबाट पुग्न नसकिने नदी तटीय क्षेत्रको हवाई सर्भेक्षण गर्न, अलपत्र परेका समुदाय तथा बेपत्ता व्यक्तिहरूको हवाई प्रविधिमार्फत पहिचान गर्न डीआरआरटीको ठूलो हात हुने बताइएको छ ।

त्यस्तै बगेका पुल, भत्किएका सडक र जोखिममा परेका बस्तीहरूको वास्तविक स्थिति मूल्यांकन गर्न र उद्धार तथा राहत परिचालन टोलीलाई द्रुत गतिमा रियलटाइम फोटो भिडियो उपलब्ध गराउन पनि सहयोग हुने बताइएको छ ।

इच्छुक पाइलटले यहाँ क्लिक गरी डीआरआरटीमा जोडिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?