News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वदलीय बैठकले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गर्यो।
११ भदौ, काठमाडौं । राजनीतिक दलहरूले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार बसेको सर्वदलीय बैठकले यस सम्बन्धमा संकल्प नै गरेको छ ।
१० बुँदे संकल्पको ४ नम्बर बुँदामा हिमतालहरूको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहलको विषय छ ।
जसअनुसार जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने उच्च जोखिममा छन् ।
यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको संकेत गरिसकेको निष्कर्ष निकालिएको छ ।
यसकारण भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्सांकन अबिलम्ब सुरु गर्न सरकारसँग माग गरिएको छ ।
अगाडि भनिएको छ, ‘सीमापार चीनतर्फ रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’
प्रतिक्रिया 4