News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीपछि रोल्पा परिवर्तन गाउँपालिका-६ का एकै परिवारका ४ जना बेपत्ता भएका छन्।
११ भदौ, रोल्पा । रसुवाको बाढीका कारण रोल्पाका एकै परिवारका ४ जना बेपत्ता भएका छन् । जिल्ला रोल्पा परिवर्तन गाँउपालिका-६ घर भएका
४० वर्षीय कुलप्रसाद बुढा मगर, उनकी श्रीमती ३६ वर्षीया मीना घर्ती, २१ वर्षीय छोरा डीप बुढा र ४ वर्षकी छोरी खुसी बुढा रहेका छन् । उनीहरू विगत ८–९ वर्षदेखि रसुवाको टिमुरे बजारमा किराना पसल र मासु पसल चलाएर बस्दै आएका थिए ।
बाढीपछि उनीहरू सम्पर्कविहीन रहेको कुलप्रसादका भाइ भीम प्रकाश बुढामगर जानकारी दिए ।
रोल्पामा करिब ३० जना भन्दा बढी बेपत्ता भएको अनुमान
रोल्पाका ३० जना भन्दा बढी बेपत्ता भएको आकलन गरिएको छ । माडी गाउँपालिका-३ र ५ गरी २ जना, सुनिल स्मृति गाउँपालिका-६ का करिब २२ जना, गंगादेव गाउँपालिकाको १ जना, रुन्टिगढी गाउँपालिकाको ७ जना र रोल्पा नगरपालिकाको १ रहेको अनुमान गरिएको छ ।
आधिकारिक विवरण संकलन भइरहेको र साँझसम्म यथार्थ विवरण उपलब्ध हुने रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया 4