News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल निर्माण व्यवसायी महासंघले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि आफ्ना यन्त्र-उपकरणसहित खटिन आह्वान गरेको छ।
- महासंघ अध्यक्ष निकोलस पाण्डेले महाविपद्को सामना साझा दायित्व भएको भन्दै सबै निर्माण व्यवसायीलाई क्रियाशील रहन आग्रह गरे।
- पाण्डेले घाइतेको उद्धार र स्वास्थ्य उपचारमा सरकारका निकायलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।
११ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रसुवा, नुवाकोट लगायत जिल्लाका बाढी प्रभावित नागरिकको खोज तथा उद्धारमा आफ्ना यन्त्र-उपकरण सहित खटिन आह्वान गरेको छ ।
महासंघ अध्यक्ष निकोलस पाण्डेले सबै निर्माण व्यवसायीलाई आफ्नो यन्त्र-उपकरण सहित क्रियाशील रहन आह्वान गरेका छन् । ‘महाविपद्को सामना कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन, यो साझा दायित्व पनि हो,’ उनले भने ।
उनले भयानक प्राकृतिक विपत्तिमा परी घाइते भएकाको उद्धार कार्य तथा स्वास्थ्य उपचार थप चुस्त बनाउन नेपाल सरकारका निकायले गरिरहेको प्रयासमा जस्तोसुकै सहयोग गर्नसमेत तयार रहेको बताए ।
विपत्तिमा परेका हजारौं नागरिकप्रतिको सच्चा सम्मान र एकताको वास्तविक परिचयका लागि समेत उद्धार तथा राहत कार्यलाई तीव्रता दिन महासंघले आह्वान गरेको छ ।
प्रतिक्रिया 4