+
+
Shares

दिवाकर गोल्छा अर्गनाइजेसनद्वारा बाढीपीडितको अस्थायी पुनर्स्थापना केन्द्र निर्माणमा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिवाकर गोल्छा अर्गनाइजेसनले हालैको बाढीबाट विस्थापित परिवारका लागि अस्थायी पुनर्स्थापना केन्द्र निर्माण गर्न जस्ता पाता र पाइप उपलब्ध गराउने घोषणा गरेको छ।
  • अर्गनाइजेसनले अस्थायी बसोबासले प्रभावित परिवारलाई सुरक्षित र सम्मानजनक आश्रय दिएर पुनःस्थापना र जीवन पुनर्निर्माणमा सहयोग पुग्ने जनाएको छ।
  • निर्देशक हिमांशु गोल्छाले विपद्को समयमा समयमै गरिएको सहयोगले घर र जीविकोपार्जन गुमाएका परिवारका लागि ठूलो अर्थ राख्ने बताउनुभयो।

११ भदौ, काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनले हालैको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि अस्थायी पुनर्स्थापना केन्द्र निर्माण तथा स्थापना गर्न आवश्यक भौतिक सामग्री सहयोग गर्ने घोषणा गरेको छ।

बाढीबाट विस्थापित परिवारलाई सुरक्षित तथा सम्मानजनक अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको अर्गनाइजेसनले जनाएको छ। अस्थायी आवासले प्रभावित परिवारलाई बाढीबाट भएको क्षतिपछि पुनःस्थापित हुन तथा आफ्नो जीवन पुनर्निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्थायी पुनर्स्थापना केन्द्र निर्माणका लागि आवश्यक जस्ता पाता (ग्याल्भनाइज्ड सिट) र पाइप अर्गनाइजेसनले उपलब्ध गराउनेछ। उक्त सामग्री सहयोगले विस्थापित परिवारका लागि सुरक्षित आश्रय तथा आधारभूत बसोबासको व्यवस्था गर्न महत्वपूर्ण योगदान पुग्ने अर्गनाइजेसनको भनाइ छ।

अर्गनाइजेसनका निर्देशक हिमांशु गोल्छाले विपद्को समयमा समयमै गरिएको सहयोगले घर तथा जीविकोपार्जन गुमाएका परिवारका लागि ठूलो अर्थ राख्ने बताए। कठिन परिस्थितिमा निजी क्षेत्र पनि समुदायको साथमा उभिनुपर्ने अर्गनाइजेसनको विश्वास रहेको उनले उल्लेख गरे।

दिवाकर गोल्छा अर्गनाइजेसनले बाढी प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी निकाय, स्थानीय तह, मानवीय सहायता प्रदान गर्ने संघसंस्था, स्वयंसेवक तथा अन्य सरोकारवालाको प्रयासको प्रशंसा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?