News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले रसुवा बाढी प्रभावितका लागि राहत भुक्तानी सहज बनाउन मोबाइल बैंकिङ र ईमनीमार्फत हुने भुक्तानीको सीमा हटाएको छ।
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा राष्ट्रिय बाणिज्य बैंकसहित नौ बैंकका खातामा कारोबार सीमा नलाग्ने व्यवस्था गरिएको छ।
- अन्य सामान्य कारोबारमा भने मोबाइल एपबाट दैनिक ३ लाख, इन्टरनेट बैंकिङबाट एक पटकमा २० लाख र वालेट कारोबारका सीमा यथावत् छन्।
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र ईमनीको माध्यबाट हुने भुक्तानीको सीमा हटाएको छ । बैंकले रसुवा बाढी प्रभावितका लागि राहत भुक्तानीमा सहज बनाउनका लागि सीमा हटाएको हो ।
राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै बाढी प्रभावितलाई सहयोग गर्ने हकमा कारोबार रकमको सीमा नलाग्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकका अनुसार प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषका लागि रकम संकलन गर्ने राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा भुक्तानी गर्दा कारोबारको सीमा लाग्दैन ।
अन्य सामान्य कारोबारका लागि भने तोकिएको सीमा यथावत् नै रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको एकीकृत निर्देशन अनुसार मोबाइल एपबाट दैनिक ३ लाख र इन्टरनेट बैंकिङ मार्फत एक पटकमा २० लाख भन्दा धेरैको कारोबार गर्न पाइँदैन । अब प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्दा यो सीमा लाग्ने छैन।
त्यसैगरी बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख र मासिक १० लाखभन्दा धेरै भुक्तानी गर्न पाइँदैन । वालेटबाट अन्य बैंक खातामा दैनिक २ लाख र मासिक १० लाखकै सीमा रहेको छ । तर, एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा दैनिक ५० हजार र मासिक ५ लाखको सीमा राखिएको छ ।
प्रतिक्रिया 4