+
+
Shares

सचिवालयलाई सभामुखको निर्देशन– सहयोगका लागि तयार रहनू

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले रसुवाको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र जनधन क्षतिबारे छलफल गरी सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

११ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विपद्‍मा गर्न सक्ने सहयोगका लागि तयार रहन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, बाढीबाट भएको जनधनको क्षति तथा संघीय संसद् र संसद् सचिवालयका कामकारबाहीमा पर्न सक्ने प्रभावका विषयमा सभामुख अर्यालले छलफल गरेका हुन् । छलफलमा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीहरू सहभागी थिए ।

छलफलका क्रममा सभामुख अर्यालले विपद्को घडीमा संसद् सचिवालयबाट गर्न सकिने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका लागि सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?