News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीबाट उद्धार गरिएकी अन्दाजी ७५ वर्षीया वृद्धाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
- देवघाटस्थित वृद्धाश्रमबाट उद्धार गरी काठमाडौं ल्याइएकी उनको पहिचान, परिवार र घरठेगाना अझै खुलेको छैन ।
- वीर अस्पतालका अनुसार वृद्धाको स्वास्थ्य अवस्था सामान्य छ र उनलाई जेष्ठ नागरिक वार्डमा राख्ने तयारी गरिएको छ ।
११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट उद्धार गरिएकी अन्दाजी ७५ वर्षीया एक वृद्धाको वीर अस्पतालमा उपचार भइरहेको छ । बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएकी ती वृद्धाको पहिचान भने अझै खुलेको छैन ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार वृद्धालाई देवघाटस्थित एक वृद्धाश्रमबाट उद्धार गरिएको हो । बाढीले वृद्धाश्रम रहेको क्षेत्रसमेत प्रभावित भएपछि उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल ल्याइएको उनले बताए ।
‘उहाँ वृद्धाश्रममा बस्दै आउनुभएको रहेछ । बाढीबाट उद्धार गरेर ल्याइएको हो,’ डा. नेपालले भने, ‘आफन्त वा जिम्मेवारी लिने व्यक्ति भने कोही भेटिनुभएको छैन ।’
अस्पतालका अनुसार वृद्धाको स्वास्थ्य अवस्था हाल सामान्य छ । प्रारम्भिक उपचारपछि उनलाई जेष्ठ नागरिक वार्डमा राख्ने तयारी गरिएको छ ।
डा. नेपालका अनुसार वृद्धासँग दोहोरो संवाद गर्न सक्दिनन् । त्यसकारणले उनको परिवार, घरठेगाना तथा आफन्तबारे जानकारी प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया 4