News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मानव अधिकार अवस्थाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ ।
- बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँसहित १५ पालिकामा जनधनको ठूलो क्षति पुर्याएको आयोगले जनाएको छ ।
- प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम भइरहेका बेला सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य र सरसफाइमा चुनौती रहेको आयोगले जनाएको छ ।
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात मानव अधिकार अवस्थाको अनुगमन गर्न मानव अधिकार आयोगको टोली खटिएको छ ।
मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीका अनुसार, केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टाछुर्ट्ट गरी दुईवटा टोली बाढी प्रभावित जिल्लाहरूमा खटिएको हो ।
हिजो (बुधबार) रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ लगायत जिल्लाका १५ वटा पालिकाहरूमा जनधनको ठूलो क्षति पुगेको थियो ।
उक्त क्षतिबारे प्रारम्भिक तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ ।
प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि नेपाल सरकार, राजनीतिक दल, संघसंस्था, नागरिक, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्यहरु भइरहेको आयोगलाई जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
विपद्पश्चात प्रभावितहरूको सुरक्षा, बसोबास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाई लगायतका विषयहरू अझै जटिल हुनेतर्फ आयोगले ध्यानाकर्षण गराएको छ ।
विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोगले आग्रह गरेको छ ।
प्रतिक्रिया 4