+
+
Shares

पशु उद्धारका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा पशुपन्छी उद्धार र उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले ११५९ हटलाइन सञ्चालनमा ल्याएको छ।

११ भदौ, काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा हिजो आएको बाढीबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार प्रभावित पशुपालक कृषकहरूले हटलाइन ११५९ मा सम्पर्क गरी पशुपन्छीको स्वास्थ्य अवस्था, उपचार तथा उद्धारसम्बन्धी आवश्यक प्राविधिक परामर्श लिन सक्नेछन् ।

हटलाइनमा प्राप्त सूचनाका आधारमा फिल्डमा खटिएका पशु चिकित्सक तथा उद्धार एवं उपचार टोलीसँग समन्वय गरी आवश्यकताअनुसार द्रुत रूपमा टोली परिचालन गरिनेछ ।

आज बिहान मात्रै एसोसिएसनले डा. प्रवेश शर्मा, डा. निशान्त शर्मा गेलाल, डा. सुदीप रेग्मी, डा. दिनेश अर्याल र डा. केशव खरेल सम्मिलित पशु चिकित्सक टोलीलाई बाढीबाट प्रभावित क्षेत्रमा खटाएको छ ।

बाढीपछि विभिन्न संक्रामक रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै एसोसिएसनले रोग निगरानी तथा रोकथामका लागि पशु सेवा विभागलगायतका सरकारी निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

सम्पर्क तथा सहजीकरणका लागि सार्वजनिक गरिएका नम्बरमा निःशुल्क हटलाइन ११५९ रहेको छ ।

यसबाहेक डा. शंकर न्यौपानेको नम्बर ९८४५४४०४०४, डा. विशाल पोखरेलको नम्बर ९८४३३९७५८७ र डा. दिनेश अर्यालको नम्बर ९८४००१७०७६ मा सम्पर्क गर्न सकिने एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?