News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको जलविद्युत आयोजनास्थलमा नेपाल विद्युत प्राधिकरणका ४०/४५ कर्मचारी टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री कार्यालय पुगेका छन्।
- कपिलवस्तुकी सिता अधिकारीले श्रीमान्सहितका कर्मचारीसँग १० भदौ बिहान ७ बजेदेखि सम्पर्क नभएको र रेक्यु हुन ढिलाइ भएको बताइन्।
- उनले विदेशबाट मगाएर भए पनि रेक्यु गर्न र सरकारले के गर्दैछ भन्ने प्रश्नको जवाफ दिन आग्रह गरिन्।
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४०/४५ जना कर्मचारी रसुवामै टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
कपिलवस्तुकी सिता अधिकारीका अनुसार उनका श्रीमान् कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनामा गएका थिए ।
‘टनेल भित्र फस्नु भएको छ होला भन्ने छ । तर रेक्यु पहल भएको छैन । ४०/४५ जना सरकारी कर्मचारी रहेका छन् । हामी कहाँ जाने ?’ उनले प्रधानमन्त्री कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै भनिन् ।
रेक्युको प्रयास भएको छ कि छैन थाहा पाउन नसकेको बताइन् । काममा ढिलासुस्ती भएको गुनासो गरिन् ।
‘विदेशबाट मगाएर भए पनि रेक्यु अुनुपर्छ,’ उनले भनिन्, अहिलेसम्म कुनै सम्पर्क छैन । तीन दिनसम्म भइसक्यो । सरकार के गर्दैछ ?’
उनले आफ्नो कर्मचारी एनइए (नेपाल विद्युत प्राधिकरण) को कर्मचारी भएको बताइन् ।
रसुवामा श्रीमानसहितका कर्मचारीहरू बिहान ७ बजे खाना खाएर तल टनेलमा काम गर्न जाने गरेको उनले बताएकी छन् । टनेलमा गएपछि सम्पर्क नहुने गरेको सुनाइन् ।
१० भदौको बिहान ७ बजेसम्म कुरा भएको तर त्यसपछि सम्पर्क हुन नसकेको बताइन् ।
रसुवामा बाढी आइसकेपछि कुरा हुन नसकेको भनेर उनले रेक्युका लागि सरकारलाई आग्रह गरेकी हुन् ।
आफ्नो श्रीमान् ३ भदौमा रसुवा गएको र उतै रहेको पनि बताएकी छन् ।
प्रतिक्रिया 4