+
+
Shares

बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ १२ गते १२:५७

१२ भदौ, बैतडी । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीय छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

बिहीबार साँझ ६ बजेको समयमा घरमा खेलिरहेको समयमा आगनमै सर्पले टोकेर सुस्मिता गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

बालिका चन्द पञ्चेश्वर-४ कै टाँक तिलकपुर माविमा अध्ययनरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?