+
+
Shares

कैलालीमा विद्यालयबाट हराएकी बालिका खोलामा मृत भेटिइन्

बालिका बिदा भएपछि एक्लै घरतर्फ हिडेपछि खोला तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १४:२१

१७ असार, धनगढी । कैलालीमा विद्यालयबाट बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका–२ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहान पौने  ११ बजेतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिए ।

उनका लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा जनचेतना माध्यमिक विद्यालयमो शिशु कक्षामा अध्ययनरत थिइन् । बिहान ७ बजेतिर अभिभावकले विद्यालयमा छाडेका थिए ।

उनी विद्यालयबाटै हराएकी थिइन् । बालिका विद्यालयबाट हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोली खोजी गरेको थियो । प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा थप प्रहरी टोली पनि खोजीमा खटिएको थियो ।

मंगलबार पानी परेका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको थियो । दैनिक ११ बजे बालिकालाई लैजान उनका अभिभावक विद्यालयमै आउने गरेका थिए ।

मंगलबार भने विद्यार्थी न्यून भएको भन्दै १० बजेतिर बिदा गरिएको थियो । बालिका बिदा भएपछि एक्लै घरतर्फ हिडेपछि खोला तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?