१२ भदौ, काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो। सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना शव भेटिएको हो।
त्यस्तै नवलपरासी पूर्वमा ११२, नवलपरासी पश्चिममा २८ जना, तनहुँमा २८ जना, चितवनमा १८६ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ। चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिँदैछ। पोखरेलले बेपत्ताहरूको खोजीकार्य जारी रहेको पनि बताए। बुधबार रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4