+
+
Shares

खोज, उद्धार, राहत र शव व्यवस्थापनबारे विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीपछि खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय र शव व्यवस्थापनबारे संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा मन्त्री महावीर पुन, रामजी यादव र सांसद डा. तोसिमा कार्की सहभागी थिए।

१२ भदौ, काठमाडौं । संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ ।

रसुवा बाढी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापनलगायका सम्बन्धमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन् ।

छलफलमा मन्त्रालय मातहतका निकाय र सहयोगी निकायका अधिकारीहरू सहभागी थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव थिए । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?