News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध एयरले गृह मन्त्रालयको निर्णयअनुसार राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने जनाएको छ ।
- सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम रहने कम्पनीले जनाएको छ ।
- अत्यधिक महँगो टिकट बिक्री भएको जानकारी पाए नियमानुसार कडा कदम चाल्ने कम्पनीले चेतावनी दिएको छ ।
१२ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ । राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णय अनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम गरिएको समेत कम्पनीले जनाएको छ । ‘वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि हामी सहज एवम् सुलभ (सस्तो) भाडादर उपलब्ध गराउन प्रतिबद्ध छौं,’ कम्पनीले भनेको छ, ‘यदि कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा कृपया हामीलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यस्ता गतिविधिविरुद्ध हामी नियमानुसार आवश्यक तथा कडा कदम चाल्नेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4