+
+
Shares

बाढीबाट उद्धार भएका ४८ घाइते टिचिङमा, २१ जना डिस्चार्ज (नामसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ।
  • अस्पतालको शुक्रबार दिउँसो ४ बजेसम्मको विवरणअनुसार ४८ मध्ये २७ जना उपचाररत, २१ जना डिस्चार्ज र एक जनाको मृत्यु भएको छ।
  • उपचाररत बिरामीमध्ये ६ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन्।

१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ ।

अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, शुक्रबार दिउँसो ४ बजेसम्म अस्पतालमा बाढीबाट प्रभावित ४८ जनामा २७ जना उपचाररत छन् ।

तीमध्ये २१ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

उपचाररत बिरामीमध्ये पछिल्लो विवरणमा ६ जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको अस्पतालले बताएको छ ।

हाल अस्पतालमा ५ वर्षको बालकदेखि ५० वर्ष उमेर समूहका घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?