News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिस उद्धार गर्न ६ सदस्यीय चिनियाँ विज्ञ टोली खटिएको छ।
- प्रधानमन्त्री कार्यालयका अनुसार सरकारले अनुमति दिएपछि टोली चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा अवतरण गरेको हो।
- चिनियाँ टोलीले नेपाली सेनासँग समन्वय गरेर सुरुङभित्रको प्राविधिक रेकी गर्ने र आवश्यक परे सीमा क्षेत्रमा स्ट्यान्डबाई चिनियाँ विज्ञलाई बोलाइनेछ।
१२ भदौ, काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली उद्धारमा खटिएको जानकारी गराएको छ ।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोली परिचालन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उक्त टोली चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गने बताइएको छ ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्ने छ ।
प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ’स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने बताइएको छ ।
प्रतिक्रिया 4