+
+
Shares

विपद् प्राधिकरणले भन्यो- बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते २२:०७

१३ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने बताएको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरेर बाढी प्रभावित क्षेत्रमा उद्धारमा लगातार हेलिकप्टर उडिरहेको बताउँदै ड्रोनले जोखिम पैदा गरिरहेको बताएको हो ।

‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ, ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडान गरिरहेको पाइएको छ ।’

यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न जाने सूचनामा उल्लेख छ ।

यस्तै, उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ‘मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडान गर्न/गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

‘नियमानुसार अनुमति नलिई ड्रोन उडान गरेमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही भईजाने बेहोरा समेत अवगत गराइन्छ,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?