+
+
Shares

संखुवासभामा चट्याङ लागेर हाइड्रोपावरमा कार्यरत ५ मजदुर घाइते

चट्याङ लागेर कसुवा खोला हाइड्रोपावरमा टनेलमा कार्यरत ५ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

भविन कार्की भविन कार्की
२०८३ भदौ १४ गते २२:२१

१४ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ चट्याङ लागेर हाइड्रोपावरमा कार्यरत ५ जना मजदुर घाईते भएका छन् । आइतबार साँझ ५ बजे  चट्याङ परेको थियो ।

चट्याङ लागेर कसुवा खोला हाइड्रोपावरमा टनेलमा कार्यरत ५ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घाइते हुनेमा जिल्ला बागलुङको ढोरपाटन गाउँपालिका–८ का २० वर्षीय सुमन घर्तीमगर, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ का ४९ वर्षीय दलबहादुर ढुंगेल, रामेछाप मन्थली नगरपालिका–८ का ३६ वर्षीष प्रह्लाद ढुंगेल, २५ वर्षीय प्रकाश पहरी र दाङ शान्तिनगर नगरपालिका–६ का ३० वर्षीय बर्नसिंह चौधरी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई तत्काल उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?