+
+
Shares
रसुवा बाढी :

जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ९:४२

१५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ । मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा जानेछन् ।

त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन् । त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनेछन् ।

त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन् । शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् ।

नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ ।

नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?