+
+
Shares

यस्तो छ बाढी प्रभावित रसुवा पुग्ने वैकल्पिक मार्ग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्चालनमा आए पनि मुख्य सडक अझै सञ्चालनमा आइनसकेको सरकारले जनाएको छ ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक हेली उद्धार आवश्यक नपरेकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
  • प्राधिकरणका अनुसार रसुवा जान नुवाकोटको विदुर-ढिकुरे-चौघडा-आप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्ख हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे पुग्न सकिन्छ ।
  • धादिङवेशीबाट मास्टारतर्फ जाने पृथ्वी राजमार्ग परेवाटारमा सडक भासिएपछि दुईतर्फी बन्द भएको छ र वैकल्पिक मार्ग तय भएको छैन ।

१५ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्‍चालनमा आएका छन् । मुख्य सडक सञ्चालनमा आइनसकेको अवस्थामा सरकारले ती वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरुले ती मार्गहरु प्रयोग गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल रसुवार धादिङ जोड्ने वैकल्पिक मागहरू सार्वजनिक गरेको छ । जसअनुसार रसुवा जानका लागि नुवाकोटको विदुर-ढिकुरे-चौघडा-आप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्क- हुँदै बोगटीटार (पासाङ ल्याह्मु मार्ग रसुवा)-कालिकास्थान-धुन्चे पुग्न सकिनेछ । यो सडकमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा आएका छन् ।

धादिङमा भने अहिले वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ । धादिङवेशी परेवाटार-नेपालटार-गजुरीटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) पृथ्वी राजमार्ग सञ्चालनमा आएकोमा परेवाटारमा सडक भासिएको छ । अहिले सडक दुईतर्फी बन्द भएको छ । यसको वैकल्पिक मार्ग तय भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?