+
+
Shares

रसुवा जोड्ने वैकल्पिक मार्गमा पनि सास्ती, राहत पुर्‍याउनै हम्मे

तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपहिरोले राजमार्ग र पुल बगाएपछि रसुवा जोड्ने काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।
  • चार चक्के साना सवारीसाधन चल्ने उक्त कच्ची बाटो साँघुरो र हिलाम्ये भएकाले दुईतर्फी सवारी आवतजावतमा समस्या भएको छ।
  • राहत बोकेका सवारीसाधन डोजर नपुगेका स्थानमा गाडी पास गर्न नसक्दा लामो जाममा पर्ने गरेका छन्।

१५ भदौ काठमाडौं । बाढीपहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाएको छ । तर उक्त बाटोमा सवारी चाप र साँघुरो भएका कारण गतव्यमा पुग्न निकै सास्ती छ ।

तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।

तर साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या छ । कच्चीबाटो पानी परेका कारण हिलाम्ये छ । कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज छ । तर डोजर नपुगेका ठाउँमा गाडी पास गर्ने समस्या भइरहेको छ । यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा पर्ने गरेका छन् ।

वैकल्पिक मार्गको नौकुण्ड-२ पुगेका पत्रकार मकर श्रेष्ठले खिचेका केही तस्वीरहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?