+
+
Shares

कन्दरा ब्यान्डले बाढीपीडितका लागि जुटायो २१ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका भ्रमणमा रहेको कन्दरा ब्यान्डले बाढी प्रभावितका लागि २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

भदौ १५, काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली सांगीतिक ब्यान्ड कन्दराले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । रिदम अफ चेन्ज – नर्थ अमेरिका टुरअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमका क्रममा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

१० भदौमा आएको विनाशकारी बाढी र पहिरोपछि कन्दरा ब्यान्डले आफ्नो सांगीतिक कन्सर्टलाई मानवीय सहयोग अभियानमा रूपान्तरण गरेको थियो । सोही अन्तर्गत गरिएको शोमार्फत ब्यान्डले उक्त रकम संकलन गरेको हो ।

त्यस्तै ब्यान्डले विपत्तिको यस कठिन घडीमा नेपाल र नेपालीका लागि ऐक्यबद्धता जनाउन आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?