+
+
Shares

आङ्देम्बेसँग सभामुखले भने- भोलि कार्यव्यवस्था समितिको बैठक, यथाशीघ्र संसद्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:३२

१५ भदौ, काठमाडौं । संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ । सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका छन् ।

सदन विपद्का कारण केहीदिन स्थगित गरिएको भएता पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए । जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठकपश्चात संसद् आह्वान गरिने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद् तथा संसदीय समितिहरूबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने कुरा आफूले राखेको आङ्देम्बेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?