+
+
Shares

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ करोड ११ लाख रुपैयाँ उपलब्ध गराएको छ।
  • पतञ्जली नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर रकम प्रदान गरेका हुन्।
  • १० भदौमा आएको विनाशकारी बाढीपछि राहत र उद्धारको कार्य धमाधम भइरहेको छ।

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो ।

पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका हुन् ।

गत १० भदौमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिबीच धमाधम राहत एवं उद्धारको कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?