News Summary
Generated by OK AI. Editorially reviewed.- माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीको बाढी पहिरोबाट प्रभावित नागरिक र समुदायका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख सहयोग गरेको छ।
- बैंकका अध्यक्ष रोशन के.सीले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
- बाढीपहिरोपछि बैंकले खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्री पनि उपलब्ध गराइसकेको छ।
१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो ।
उक्त बिनाशकारी विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्री यसअघि नै उपलब्ध गराइसकेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4