+
+
Shares

प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित

सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको बैठक कहिले राख्ने भन्ने विषयमा छलफल हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनिश्चितकालका लागि बैठक स्थगित भएपछि प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएको छ र बैठक कहिले बस्ने टुंगो छैन।

१६ भदौ, काठमाडौं । अनिश्चितकालका लागि बैठक स्थगित  भएपछि प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएको छ । संसदीय क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक सोमबार र आज मंगलबार बस्नुपर्ने थियो । तर प्रतिनिधिसभाको बैठक कहिले बस्छ टुंगो छैन ।

भदौ १० गते संघीय संसद् सचिवालयले सूचना निकालेर प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको थियो ।

क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक चल्न सकेको भए सोमबार प्रतिनिधिसभामा कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो । साथै, शून्य समय चलाउने र केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

क्यालेन्डर अनुसार आज प्रतिनिधिसभामा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुनुपर्ने थियो ।

साथै, शून्य समय, विशेष समय चलाउने र मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने सम्भावित कार्यसूची थियो ।

तर, क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक चल्न सकेन । प्रतिनिधिसभाको संसदीय क्यालेन्डर प्रभावित भएको लगायतका विषयमा आज छलफल गर्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकमा प्रतिनिधिसभाको बैठक कहिले राख्ने भन्ने विषयमा छलफल हुनेछ ।

संसदीय क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक चल्दा भोलि मंगलबार बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । शून्य समय चलाउने विषय पनि छ ।

यसपछिका बैठक बस्ने दिन र सम्भावित विषय समेत क्यालेन्डरमा समावेश छ । तर, क्यालेन्डर अनुसार प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?