+
+
Shares

राजकुमार श्रेष्ठ अवकाशमा, गृहसचिवको जिम्मेवारी केदारनाथ शर्मालाई

गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्माले आज मंगलबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केदारनाथ शर्माले मंगलबार औपचारिक रूपमा गृहसचिवको जिम्मेवारी सम्हालेका छन् ।
  • गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्मालाई रिक्त पदमा मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको थियो ।
  • पूर्वगृहसचिव राजकुमार श्रेष्ठ १५ भदौमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएका थिए ।

१६ भदौ, काठमाडौं । केदारनाथ शर्माले गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्माले आज मंगलबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रालयमा आयोजित गृहसचिव शर्माको स्वागत कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभागलगायतका प्रमुखहरूको उपस्थिती थियो ।

यसअघि गृहसचिव रहेका राजकुमार श्रेष्ठले भने १५ भदौबाट सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा मन्त्रिपरिषद्ले शर्मालाई जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?