+
+
Shares

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा राप्ती खोलाले बगाउँदा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बाको मृत्यु भएको छ ।
  • मंगलबार बिहान सवा ७ बजे खोलाले बगाएको सूचनापछि नेवारपानीबाट प्रहरी टोली खोजतलासमा खटिएको थियो ।
  • खोजतलासका क्रममा बस्तीपुरको पुलभन्दा ५०० मिटर तल राप्ती खोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।

१६ भदौ, काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई मंगलबार बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो ।

खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो ।

खोजतलासको क्रममा बस्तीपुरको पुलभन्दा ५०० मिटर तल राप्तिखोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल  पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?