+
+
Shares

टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको छ।
  • जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले शव गोरखातर्फको नदी तटीय क्षेत्रमा फेला परेको जानकारी दिए।
  • हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा पोस्टमार्टमपछि परिवारले बुझेका छन्, र गोरखातर्फ ६५ जनाको शव भेटिएको छ।

१६ भदौ, काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत अवस्थामा भेटिएका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो। त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा अहिलेसम्म ६५ जनाको शव भेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?