+
+
Shares

बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ १६ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातार वर्षाका कारण बैतडीको नेपाल–भारत जोड्ने सीमानाका झुलाघाट क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
  • झुलाघाट बजार नजिकैको सडकबाट गएरातिदेखि निरन्तर पहिरो झरिरहेकाले बजार र सडक उच्च जोखिममा परेको सीडीओ मीना अर्यालले बताइन् ।
  • आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ, र स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

१६ भदौ, बैतडी । नेपाल– भारत जोड्ने सीमानाका बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण बजार नजिकैको सडकबाट पहिरो झरिरहेपछि बजार क्षेत्र जोखिममा परेको हो ।

गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण झुलाघाट बजार नजिकैको सडकमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

लगातार पहिरो झरिरहेकाले बजार क्षेत्र र सडक पहिरोको उच्च जोखिममा परेको बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मीना अर्यालले जानकारी दिइन् ।

पहिरो निरन्तर खसिरहेकाले जोखिम बढ्दो अवस्थामा रहेको हुनाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?