News Summary
Generated by OK AI. Editorially reviewed.- समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीपीडितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन्।
- दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी टुफोले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन्।
- प्रभाकर शम्शेर राणाले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल र भोटेकोशी पावर कम्पनीजस्ता उद्यम सुरू गरेका थिए।
१६ भदौ, काठमाडौं । समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत तथा सहयोगस्वरूप प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन् ।
माया राणा दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी हुन् । उनले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन् ।
नेपालका अग्रणी उद्यमी तथा पर्यटन क्षेत्रका दूरदर्शी नेता प्रभाकर शम्शेरको विरासतलाई निरन्तरता दिँदै आएकी उनले यो रकम सहयोग गरेकी हुन् ।
प्रभाकर शमशेर राणाले सोल्टी होटल, सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी पावर कम्पनीजस्ता ठूला र अग्रणी उद्यमहरूको सुरुवात गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4