+
+
Shares

अमेरिका-भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको हो। 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्झौताका प्रमुख प्रावधान सार्वजनिक गर्दै १७ वटा तेल क्षेत्रमा १०० वर्षका लागि उत्खनन अधिकार दिएको छ।
  • सम्झौताअनुसार अमेरिकी सरकारी निकायले कम्पनीमा ३५ प्रतिशत स्वामित्व, २० प्रतिशत तेल उत्पादन लागतमा खरिद र बाँकीमा पहिलो प्राथमिकताको अधिकार पाएको छ।
  • अमेरिकी सरकारका अनुसार सम्झौता अमेरिकी कानुनअनुसार लागू हुनेछ र इरानविरुद्ध कारबाहीका बीच ब्रेन्ट कच्चा तेलको मूल्य करिब २८ प्रतिशतले बढेको छ।

१६ भदौ, न्युयोर्क (रासस/ सिन्ह्वा) । अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको हो।

सम्झौताअनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले उत्तर अमेरिकी निजी ऊर्जा कम्पनीलाई १७ वटा तेल क्षेत्रमा १०० वर्षका लागि उत्खनन तथा सञ्चालनको अधिकार प्रदान गरेका छन्। ती क्षेत्रमा करिब ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डार रहेको उल्लेख गरिएको छ।

सम्झौताको प्रावधानअनुसार उक्त कम्पनीले आफ्नो मूल कम्पनीमा अमेरिकी युद्ध विभागअन्तर्गतको रणनीतिक पुँजी कार्यालयलाई ३५ प्रतिशत स्वामित्व हिस्सा प्रदान गरेको छ। त्यस्तै, हाल सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालनमा आउने सबै तेल क्षेत्रबाट उत्पादित तेलमध्ये २० प्रतिशत उत्पादन लागतमा खरिद गर्ने अधिकार अमेरिकी विदेश मन्त्रालयलाई दिइएको छ। बाँकी ८० प्रतिशत तेल खरिदका लागि पनि अमेरिकी सरकारलाई पहिलो प्राथमिकताको अधिकार प्रदान गरिएको छ।

तथ्यपत्रमा उल्लेख भएअनुसार उक्त कम्पनीको सञ्चालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ। साथै, सञ्चालक समितिका अधिकांश सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ।

सम्झौता अमेरिकी कानुनअनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकारक्षेत्रमा रहने जनाइएको छ।

अमेरिकी सरकारले सम्झौताअन्तर्गत भेनेजुएलामा उत्पादन हुने लाखौँ ब्यारेल नयाँ तेल अमेरिकी तेल प्रशोधन केन्द्रमा प्रशोधन गरिने र अमेरिकी तेल उत्खनन उपकरण तथा पूर्वाधारको प्रयोगमार्फत ढुवानी गरिने जनाएको छ।

अमेरिकी सरकारका अनुसार उक्त सम्झौता अमेरिकी करदातामाथि कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यान्वयन हुनेछ। यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबार ठूला तथा साना तेल प्रशोधन कम्पनीका सञ्चालकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

अमेरिकाको इरानविरुद्ध जारी सैन्य कारबाहीका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय ब्रेन्ट कच्चा तेलको मूल्य करिब २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?