+
+
Shares

संखुवासभामा भरूवा बन्दुक सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमाबाट २९ वर्षीय सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
  • गोप्य सूचनाका आधारमा भदौ १५ गते पक्राउ गरिएका गुरुङको घरबाट एक नाल भरुवा बन्दुक र १४ वटा छर्रा बरामद भएको प्रहरीले जनाएको छ।
  • गुरुङमाथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

१६ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका –५ माङ्सिमा बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकालु गाउँपालिका –५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।

इजाजत बिनाको भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरुङलाई भदौ १५ गथे पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

नुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको १४ वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

बन्दुकसहित पक्राउ परेका गुरुङ माथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?