१६ भदौ, काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ दिएकी छिन् ।
उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन् । भदौ १० गते अकस्मात आएको भीषण बाढीमा परेर हजारौं मानिस बेपत्ता भएका छन् भने हजार बढी शव फेला परिसकेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ । बाढीकै कारण हजारौं मानिस घरबारविहीन भएका छन् । बाढी प्रभावितलाई सहयोग गर्नका लागि सरकारले पनि आह्वान गरेको छ । त्यही क्रम विभिन्न संघ, संस्था र नागरिकहरूले सहयोग रकम दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4