News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोलाई कारण देखाउँदै सरकारले करदाता उपहार कार्यक्रम स्थगित गरेको छ।
- आन्तरिक राजस्व विभागका अनुसार भदौको पहिलो १५ दिनको उपहार घोषणा आज हुनु पर्ने थियो, तर अब २०८३ असोज १ गते विजेता छनोट गरिने भएको छ।
- विभागले भदौ महिनाभरका खरिद बिलका कुपनबाट दैनिक र बम्पर उपहारका विजेता छनोट गर्ने कार्यक्रम पछि सारिएको छ।
१६ भदौ, काठमाडौं । रसुवा, नुवाकोट, धादिङ्ग जिल्लामा गएको बाढी पहिरोलाई कारण देखाउँदै सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ ।
भदौ, पहिलो १५ दिनको उपहार कार्यक्रम आज घोषणा गर्नुपर्ने थियो । आन्तरिक राजस्व विभागका अनुसार उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा बम्पर उपहारका बिजेता छनोट गरिने भएको छ ।
सरकारले हरेक १५/१५ दिनमा १/१ जनालाई बम्पर उपहार स्वरुप १० लाख र हरेक दिन १/१ जनालाई १ लाख दिने गरी यो कार्यक्रम सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4