+
+
Shares

खोज तथा उद्धारका लागि ११ सदस्यीय कोरियाली टोली नेपाल आइपुग्यो

खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ८:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीपछि खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्षिण कोरियाली विपद् राहत टोली बुधबार बिहान काठमाडौं आइपुगेको छ।
  • नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार टोलीले खोज तथा उद्धारका उपकरण र कुकुरहरू पनि साथमा ल्याएको छ।
  • कोरियन उद्धार टोलीसँगै नेपाली सेना पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिनेछ, र ९ कोरियाली नागरिक सम्पर्कविहीन छन्।

१७ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ । खोज तथा उद्धारका लागि ११ जनाको कोरियाली विपद् राहत टोली (केडीआरटी) नेपाल आइपुगेको हो ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार उनीहरू कोरियन विमानमार्फत नेपाल आएका हुन् । उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन् । उनीहरू आजै बाढी प्रभावित क्षेत्र जानेछन् ।

यसअघि पनि ४ जनाको सानो कोरियन टोली नेपाल आइसकेको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा खटिसकेका छन् ।

कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एक साथ खोज तथा उद्धारमा खटिने बस्नेतले बताए ।

१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ९ जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?