News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवाको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतमा खटिएका छन् ।
- सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मागअनुसार उनीहरू परिचालित भएको पुष्टि गरे ।
- उनीहरू भदौ १४ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिरहेका छन् ।
१७ भदौ, काठमाडौं । संघीय संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएका छन् ।
उनीहरू प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयमा परिचालित भएका हुन् ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले संसद् सचिवालयका २० जना शाखा अधिकृत रसुवामा गएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतसम्बन्धी कार्यमा खटिएको पुष्टि गरे ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट माग भइ आए बमोजिम २० जना शाखा अधिकृत परिचालित हुनुभएको छ,’ उनले भने ।
उनीहरूले यही भदौ १४ गते देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4