+
+
Shares

हिमालयन बैंकद्वारा बाढीपीडितलाई ३ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को बाढीबाट प्रभावितका उद्धार, राहत र पुनर्स्थापनाका लागि हिमालयन बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
  • बैंकले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको हो।
  • बैंकले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धैर्य धारण गरी उद्धार र सहयोगमा जुट्न आग्रह गरेको छ।

१७ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण प्रभावितका लागि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हिमालयन बैंकले सहयोग गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेको हो । साथै बैंकले उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?