+
+
Shares

गहुँको समर्थन मूल्य तोक्ने तयारी, लागत निकाल्न सातै प्रदेशमा पुगे प्राविधिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीस्वरूप कृषि विभागले सातै प्रदेशका प्रमुख उत्पादक जिल्लामा स्थलगत अध्ययन सुरु गरेको छ।
  • प्राविधिक टोलीले बीउ, मल, श्रम खर्चसँगै मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरेर प्रतिवेदन बुझाउनेछ।
  • मन्त्रालयले समर्थन मूल्य स्वीकृत गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानबाट गहुँ खरिद गरिनेछ।

१७ भदौ, काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीस्वरूप देशैभरि स्थलगत अध्ययन सुरु गरेको छ ।

कृषि विभागले सातवटै प्रदेशका प्रमुख गहुँ उत्पादक जिल्लाहरूमा प्राविधिक टोली खटाएर लागत र उत्पादनको अवस्थाबारे अध्ययन थालेको हो ।

विभागका अनुसार कोशी प्रदेशका सुनसरी र उदयपुर, मधेसका सिरहा र रौतहट, बागमतीका काभ्रेपलाञ्चोक र धादिङ तथा गण्डकीका गोरखा र तनहुँमा अध्ययन भइरहेको छ ।

त्यसैगरी, लुम्बिनीका नवलपरासी, कपिलवस्तु र रुपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका कैलाली तथा कञ्चनपुरमा पनि टोलीले काम सुरु गरिसकेको छ ।

प्राविधिक टोलीले गहुँ उत्पादनमा लाग्ने बीउ, मल र श्रमको खर्चका साथै मुद्रास्फीति र बजार मूल्यको सूक्ष्म विश्लेषण गर्नेछ । उक्त टोलीले बुझाएको प्रतिवेदन र लागत विश्लेषणका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी मन्त्रालयमा प्रस्ताव पठाइने विभागले जनाएको छ ।

मन्त्रालयबाट समर्थन मूल्य स्वीकृत भएपछि सोही मूल्यका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानबाट गहुँ खरिद गरिनेछ ।

गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४० रुपैयाँ तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?