+
+
Shares

अस्पतालले भन्यो– गाँजा भेटिएको भ्यान हाम्रो होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको दिव्य ज्योति आँखा अस्पतालले ६० किलो गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ।
  • सञ्चालक देवा यादवले अस्पतालको नाम दुरुपयोग गरी तस्करी गर्ने व्यक्ति र भ्यानलाई कारवाही गर्न माग गरेका छन्।

१७ भदौ, विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको थियो ।

दिव्य ज्योति आँखा अस्पताल विराटनगरका सञ्चालक देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् ।

दिव्य ज्योति अस्पताल लेखिएको भ्यानमा गाँजा भेटिएको घटनापछि अस्पताललाई जोडिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने,’त्यो भ्यान अस्पतालको होइन् ।’ अस्पतालको नाम दुरुपयोग गरी गाँजा तस्करी गर्ने व्यक्ति र भ्यानलाई कारबाही गर्न उनले माग गरेका छन्।

मंगलबार राति विराटनगर महानगरपालिका- १६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानमा ६० किलो गाँजा बरामद गरेको थियो ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?