News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीलाई रसुवा, नुवाकोट र धादिङ मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भनेका छन्।
- भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र दुवै नवलपरासी प्रभावित बनाएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा १ हजार ११४ जनाको शव फेला परेको छ, ३ हजार ९१६ जना सम्पर्कविहीन छन् र ११ हजार ९९३ जनाको उद्धार गरिएको छ。
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।
उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।
३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको बताएका हुन् ।
प्रतिक्रिया 4