+
+
Shares

देउवा समूहको बैठक : असोज १५ मा वडा अधिवेशन प्रस्ताव

उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा समूहको बैठक चनदेवीस्थित सम्पर्क कार्यालयमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित तयारी समितिको आयोजनामा सुरू भएको छ।
  • बैठकमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ।
  • प्रस्तावअनुसार असोज १५ मा वडा, असोज २० मा पालिका, असोज २३ मा क्षेत्रीय, कात्तिक १५ मा जिल्ला र मंसिर ४ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको बैठक सुरु भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक सुरू भएको हो ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरू भएको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।

बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ ।

यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने उल्लेख छ ।

उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?