News Summary
Generated by OK AI. Editorially reviewed.- मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘रत्यौली’ को छायांकन पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थलीबाट सुरू भएको छ ।
- निर्माणपक्षका अनुसार दुई दिन काठमाडौंमा छायांकनपछि फिल्मको टिम एक महिना जिरीमा खिच्न दोलखा जानेछ ।
- पूजा शर्माको प्रस्तुतिमा तयार हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा लगायत कलाकार छन् र फागुन २१ गते प्रदर्शन तयारी छ ।
काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘रत्यौली’ को छायांकन सुरु भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रको मृगस्थलीबाट छायांकन थालिएको हो ।
२ दिनसम्म काठमाडौंमा खिचेर यसको टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । जिरीमा एक महिना छायांकन हुने निर्माणपक्षले जानकारी दिएको छ ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्भ्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा, सानू पाण्डेय, एवानराज उप्रेती, कल्पपना थापाको अभिनय छ ।
अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाइँ र उत्तम हुमागाइँको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक सुनिल निउरे हुन् ।
दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो फिल्म फागुनको २१ गतेबाट प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4