News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन खोलाले बगाएर मृत अवस्थामा भेटिएका छन्।
- भदौ १५ गते साँझ सत्यवतीतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारले भदौ १७ गते प्रहरीलाई खबर गरेका थिए।
- प्रहरीले उनीहरू चढेको मोटरसाइकल डुम्रेवासस्थित सडकबाट करिब ५ फिट तल ठाडोखोलामा भेटेको र शव रुपन्देहीको कञ्चन खोलामा फेला पारेको जनाएको छ।
१७ भदौ, पाल्पा । पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन रहेको प्रहरीले जनाएको छ ।
गत भदौ १५ गते बेलुकी करिब ६ बजे लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा सत्यवतीतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारले भदौ १७ गते बिहान अस्थायी प्रहरी पोष्ट बेलबासमा खबर गरेका थिए ।
प्रहरीले खोजतलास गर्दा डुम्रेवासस्थित सडकबाट करिब ५ फिट तल ठाडोखोलामा उनीहरू चढेको मोटरसाइकल भेटिएको थियो ।
दुवै जनाको शव रुपन्देहीको सैनामैना–१० मौवाधारीस्थित कञ्चन खोलामा बगाएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार, दुवै शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4