News Summary
Generated by OK AI. Editorially reviewed.- भियतनामको दा नाङमा जारी तेस्रो पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ ।
- नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ ले हराउँदै कांस्य पदक सुनिश्चित गरेका हुन् ।
- विश्वकपमा नेपालसहित ६४ देशका खेलाडी सहभागी भएको नेपाल पिकलबल संघका अध्यक्ष सौरभ भण्डारीले जनाएका छन् ।
१८ भदौ, काठमाडौं । तेस्रो संस्करणको पिकलबल विश्वकपमा नेपालले कांस्य पदक जितेको छ ।
भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जितेका हुन् ।
विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडीको सहभागिता रहेको नेपाल पिकलबल संघका अधयक्ष सौरभ भण्डारीले जनाएका छन् ।
विश्वकपको पहिलो सहभागितामै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको अध्यक्ष भण्डारीले बताए ।
तेस्रो स्थानका लागि भएको खेलमा दावाले ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक सुनिश्चित गरेका हुन् ।
प्रतिक्रिया 4