+
एसीसी प्रिमियर कप :

नेपालविरुद्ध मलेसिया १०३ रनमा अलआउट, करणको चार विकेट

२०८३ भदौ  १८ गते ९:५१ २०८३ भदौ १८ गते ९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको मलेसियालाई ३२.३ ओभरमा १०३ रनमै अलआउट गर्‍यो ।
  • नेपालका करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।
  • मलेसियाका कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए र अकिल वाहीदले २४ रन जोडे ।

१८ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमा अलआउट गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।

विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय