News Summary
Generated by OK AI. Editorially reviewed.- केल्मी नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीले रसुवा र नुवाकोटमा १ देखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश हुने क्लोथ बैंक सञ्चालन गर्ने घोषणा गरेको छ।
- बाढीले त्रिशूलीस्थित सोरुम क्षति भएपछि केल्मीले विदुर वा आसपासमा नयाँ शोरुम विस्तार गर्ने तयारी गरेको छ।
१६ भदौ, काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
साथै, रसुवा र नुवाकोटमा एकदेखि डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश हुने ‘क्लोथ बैंक’ सञ्चालन गर्ने घोषणा गरेको छ ।
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेका अनुसार संस्थाले बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति पुगेपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ शोरुम विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ । सोही अवसरमा आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा नयाँ कपडा समेटिएको क्लोथ बैंक सञ्चालन गरिने न्यौपानेले बताए ।
कम्पनीका अनुसार राहत सामग्री प्रत्यक्ष वितरण गरिने छैन । नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा क्लोथ बैंकमार्फत पूर्ण रूपमा निःशुल्क कपडा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ । वास्तविक पीडितसम्म मात्रै सहयोग पुग्ने सुनिश्चित गर्न सरकारी सूचीकृत विवरणलाई आधार बनाइने कम्पनीले जनाएको छ ।
केल्मी नेपालले विगतका विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारा परिस्थितिमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया 4